कोशी


विराटनगरमा मापदण्ड विपरितका पर्खाल हटाउन सुरु

विराटनगरमा मापदण्ड विपरितका पर्खाल हटाउन सुरु

नेपालखबर
असोज ३०, २०७९ आइतबार १५:५३, विराटनगर

विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ। 

सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक  निर्माणमा अवरोध हुँदै आएको छ। 

महानगरले विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल भत्काएको छ। 

महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा घरको पर्खाल हटाइएको हो। 

स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला निर्माण रोकिएको थियो। 

सडकको मापदण्डको अनुपातमा एउटा घरले पर्खाल नभत्काउँदा सडक बन्न नसकेको र महानगरले नेतृत्व गरेर पर्खाल भत्काएकोमा आफूहरु निकै हर्षित भएको स्थानीयवासीले प्रतिक्रिया दिए।

‘एकजनाले पर्खाल नभत्काउँदा हामी सबैले समस्या झेल्नु परेको थियो,’ स्थानीय केदार खड्काले भने, ‘तर आज विराटनगर महानगरपालिकाले जुन नेतृत्व गरेर पर्खाल भत्काएको छ त्यसको हामी भित्रैदेखि प्रशंसा गर्छौ‌।’ 

उनले अन्य क्षेत्रमा रहेका यस्ता समस्या समाधानमा महानगर लाग्नुपर्नेमा जोड दिए। 

त्यसैगरी धरान रोडबाट कन्यामार्ग प्रवेश गर्ने मुखमा पनि भत्काएको छ। स्थानीय घमचन्द्र तिम्सिनाले आफ्नो घरतर्फको संरचना भत्काउन नदिँदा नाली बन्न सकेको थिएन।

मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरको भनाइ छ। महानगरले नक्सा पास नगरेका पर्खालको महानगरबाट स्वीकृत गर्न सूचनासमेत जारी गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .