कोशी


बच्चाले लाइटर खेल्दा घरमा आगो लाग्यो

बच्चाले लाइटर खेल्दा घरमा आगो लाग्यो

फाइल फाेटाे


नेपालखबर
फागुन ४, २०८० शुक्रबार २२:१५, फुङ्लिङ (ताप्लेजुङ)

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बच्चाले लाइटर खेलाउँदा एउटा घर जलेको छ।

प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बुको घर जलेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आज दिउँसो  लिम्बुका घरमा आगलागी भएको हो।

बच्चाले लाइटर बालेर खेल्दा फुसको घरमा आगो लागेको हो। घरसँगै रहेको गाईगोठ पनि नष्ट भएको छ।

घरभित्रको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सबै सामान नष्ट हुँदा रु ५५ हजारभन्दा बढीको क्षति भएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .