ad ad

कोशी


कांग्रेसका कारण सरकार बिस्तारमा ढिलाइ भयो : मुख्यमन्त्री कार्की

कांग्रेसका कारण सरकार बिस्तारमा ढिलाइ भयो : मुख्यमन्त्री कार्की

नेपालखबर
भदौ १९, २०८१ बुधबार १९:४५, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन्।

आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले तीजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिए। उनले कांग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गरे।

उनले भने, ‘कांग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस्।’

मुख्यमन्त्री कार्कीले कांग्रेसकै आफ्नो कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाँडै मन्त्रिपरिषद बिस्तार हुन्छ।

उनले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिने बताए।

अहिलेको सरकार शासकीय सुधार तर्फ लागेको र विकासका योजनाहरूलाई तीब्र गति दिइने बताए। फरक प्रसंगमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गरे।

उनले भने, ‘अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासीलो ढंगले गरेर अगाडि बढ्छौँ। कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन।’

सरकार गतिशील र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यता तिर जाने नभइ काम गर्न लागि पर्ने उनको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .