ad ad

कोशी


कोसी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेका छौं : मुख्यमन्त्री कार्की

कोसी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेका छौं : मुख्यमन्त्री कार्की

नेपालखबर
असोज ५, २०८१ शनिबार २०:२४, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताएका छन्।

शनिबार २४औँ राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताए।

‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौँ,’ उनले भने।

प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाई रहेको चर्चा गर्दै उनले स्वास्थ्य ऐन मार्फत् प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे। 

स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने उनको भनाइ थियो।

नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकिय क्षमतालाई बढाएर काम गर्नुपर्ने कार्कीले औंल्याए।

सम्मेलनमा देशभरका करिब तीन सय दन्तचिकित्सक भेला भएका छन्। सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुती गर्ने तयारी छ।

सम्मेलनबाट आगामि दिनमा गर्नसकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकले जानकारी दिएका छन्।

सम्मेलनमा दाँत सम्बन्धि उपचारका मेसिन र विभिन्न प्रविधि सम्बन्धि उपकरणहरू समेत प्रदर्शन गरिएका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .