ad ad

कोशी


विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने : कांग्रेस-एमाले समीकरण दाउपेच हैन

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने : कांग्रेस-एमाले समीकरण दाउपेच हैन

नेपालखबर
असोज २, २०८१ बुधबार १४:५३, विराटनगर

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सकारात्मक सन्देश भएको बताउँदै विश्वास मत दिन आग्रह गरेका छन्।

कोसी प्रदेश सभामा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको बताए।  

‘मेरो नेतृत्वमा कोसी प्रदेश सरकार गठन भएयता केहि सकारात्मक संदेश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न गरीएको छ’ उनले भने, ‘धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकासका निम्ति पाथिभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१, हलेशी महादेवस्थान विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गरि कार्यान्वयनको चरणमा रहेकोछ।’

सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरूप कर्जा सुरक्षण कार्यक्रमको विस्तार र प्रवर्द्धनका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँबीच समझदारीपत्रको आदानप्रदान जस्ता कुराले प्रदेशमा आशाको सञ्चार सृजना गरेको उनले बताए।

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई मुलुककै विशिष्टकृत नमूना अस्पतालको रुपमा व्यवस्थापकीय सुदृढीकरण गरी कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा विकास गर्न ‘आयुर्वेद चिकित्सा सेवा, जडीबुटी शिक्षा तथा अध्ययन तथा अनुसन्धान सम्भाव्यता अध्ययन कार्ययोजना तर्जुमा कार्यदल, २०८१’ गठन गरी कार्य प्रारम्भ गरिएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे। 

प्रदेशको पर्यटन प्रर्वद्धनका लागि सार्वजानिक निजि सहकारी लगानीको अवधारणा अनुसार भेडेटार स्कईवाक परियोजना संचालन र ट्रायल पास हुने बित्तिकै लाइसेन्स वितरण जस्ता विषयले प्रदेश उत्साह छाएको उनले बताउनुभयो ।

उनले विगतका तिता बिर्सिएर सकारात्मक अभ्यासबाट अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनाविपरीत प्रकट भएका विचलनहरु रोक्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका लागि आर्थिक शिथिलता, दण्डहिनता र निराशालाई चिर्दै प्रदेशवासी जनतामा प्रदेश संरचना प्रति आशा र भरोसा पैदा गर्ने विश्वास दिलाए।

मुख्यमन्त्री कार्कीले २०८१ वैशाख २७ गते सरकार बनाउन सहयोग गरेकोमा माओवादी केन्द्रलाई समेत धन्यवाद दिए। वैशाख २७ गते सरकार बनेपछि वैशाख ३१ विश्वास मत लिएका कार्कीले १ सय २७ दिन पछि आज फेरि विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि कोसीमा माओवादी केन्द्रले साउन ११ गते सरकार छाडेको थियो भने भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। अहिले प्रदेशका नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .