ad ad

जीवनशैली


अब निःसन्तान दम्पतिले सन्तान सुख प्राप्त गर्न भारत जानु नपर्ने

अब निःसन्तान दम्पतिले सन्तान सुख प्राप्त गर्न भारत जानु नपर्ने

नेपालखबर
असार २३, २०८१ आइतबार १२:४६, काठमाडौँ

बहुराष्ट्रिय आईभीएफ चेन इन्दिरा आईभीएफ क्लिनिक नेपालमा पनि सञ्चालनमा आएको छ। 

इन्दिरा आईभीएफ नेपालकी क्लिनिक प्रमुख डा. नेहा हुमागाईले निःसन्तानपनको उपचारका लागि भारत जानुपर्ने बाध्यता हटाउन नेपालमै क्लिनिक खोलिएको बताएकी छिन्। 

उनले भारतका विभिन्न सहरमा रहेका इन्दिरा आईभीएफका शाखाहरुमा उपचार गर्न जानुपर्ने नेपालीहरुको बाध्यता अन्त्यका लागि काठमाडौंको पानीपोखरीमा इन्दिरा आईभीएफको नेपाल संचालनमा ल्याइएको जानकारी बताएकी हुन्।

‘भारतमा जाने नेपाली बिरामीहरुलाई नेपालमै सेवा दिने उद्देश्यका साथ नेपालमा संचालनमा ल्याएका हौं’, उनले भनिन्, ‘तर, अझै पनि धेरै नेपालीहरुले यो जानकारी पाउनुभएको छैन।’ 

उनले आईभीएफ बाहेक अन्य उपचारमार्फत पनि सन्तान सुख दिन सकिने जानकारी दिएकी छिन्।

इन्दिरा आईभीएफको सफलता दर ७४ प्रतिशत रहेको उल्लेख गर्दै नेपालको सफलता दर ८५ प्रतिशत भएको डा. नेहाको भनाई छ।  ‘यो सबै नेपालको टिमवर्क र टेक्नोलोजीले सम्भव भएको हाे,’ डा. नेहाले भनिन्। 

इन्दिरा आईभीएफमा नेपालमा धेरैजसो अन्यत्र गरेर असफल भएका केसहरु आउने गरेको नेहाको भनाई छ। 

इन्दिरा आईभीएफ क्लोज वर्किङ च्याम्बर मेसिन, कोल्ड चेन मेन्टेन, मिस म्याच हटाउन इलेक्ट्रोनिक्स विटनेश टेक्नोलोजीजस्ता प्रविधीहरु आफूहरुले प्रयोगमा ल्याइएको जानकारी दिइन्। ‘क्लोज वर्किङ च्याम्बर मेसिन सफलता दरको मुख्य कारण हो’, उनले भनिन्। 

पुरुषमा वैदेशिक रोजगारीमा क्रममा गर्मी ठाउँमा बढी एक्स्पोज हुने कारणले वीर्यमा नकारात्मक प्रभाव परेका कारण निःसन्तानको समस्या बढेको डा. नेहाको भनाई छ। महिलामा भने प्रयास गर्दागर्दै उपचारका लागि आउन ढिलो भइसकेको हुने डा. नेहाले बताइन्।

उनले भनिन्, ‘प्रयास गर्दागर्दै कतिपय महिला उपचारमा आउँदा एग रिजर्भेसन सकिसकेको हुन्छ।’

त्यसबाहेक अहिलेको जीवनशैली, ढिलो विवाह, धुम्रपान र मद्यपानजस्ता कारणहरुले पनि प्रजनन स्वास्थ्यमा गम्भीर असर परिरहेको उनले बताइन्। 

इन्दिरा नेपालमा संचालनमा आएको ६ महिनाको अवधिमा प्रजनन सम्बन्धि सेवा एक हजार बढीले लिइसकेका उनको दाबी छ।

सन् २०११ मा भारतको उदयपुरमा पहिलो पटक स्थापना भएको इन्दिरा आईभीएफको अन्तर्राष्ट्रिय चेनका रूपमा नेपालमा पहिलो हो। भारतभर भने यसका १३० वटा सेन्टरहरु छन्। 

६ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको इन्दिरा आईभीएफले आईभीएफ र प्रजनन सम्बन्धि उपचारसँगै वौद्धिक, अनुसन्धानमूलक र सचेतनामूलक कामहरु पनि गर्दै आएको छ।

डा. हुमागाईले इन्दिरा आईभीएफको नेपालले धनगढी, सुर्खेत, बुटवल, वीरगन्ज, जनकपुर, विराटनगर, पोखरा, इलामलगायतका १० वटा सहरहरुमा जनचेतनामूलक कार्यक्रम पनि संचालन गरिसकिएको बताइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .