ad ad

साहित्य


चिरञ्जीवी वाग्लेले लेखे ‘बहादुर शाह’

चिरञ्जीवी वाग्लेले लेखे ‘बहादुर शाह’

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १९:२४, काठमाडौँ

नेपाल राज्य विस्तारका एक प्रमुख अभियन्ता बहादुर शाहको जीवनीमा केन्द्रित रहेर चिरञ्जीवी वाग्लेले उपन्यास लेखेका छन्।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन्। पिता पृथ्वीनारायण शाहको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए।

आफ्नो नायबीकालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिष्टा नदी र पश्चिममा काँगडासम्म फैलाउन सफल भएको देखिन्छ। योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ। कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन्।

तर, दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तारको अभियान पनि कमजोर बन्दै गयो। दरबारभित्र हत्या, हिंसा र षड्यन्त्रको शृंखला बाक्लियो। नेपालको सिमाना खुम्चिन पुग्यो।

‘बहादुर शाह’ पुस्तकका लेखक वाग्ले लामो समय राजनीतिक जीवन बिताएका व्यक्ति हुन्, जो गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री पनि बनेका थिए।

पुस्तकको प्रकाशन नेपालयले गरेको हो। ३ सय १६ पृष्ठको पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .