ad ad

लुम्बिनी


लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

नेपालखबर
साउन ६, २०८१ आइतबार १५:२४, काठमाडौँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन्। 

मुख्यमन्त्री महराले आज (आइतबार) विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत नपुग्ने निश्चित देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन्। 

‘घिटिघिटि ३० दिनसम्म बस्ने मेरो रहर होइन,’ मुख्यमन्त्री महराले भने। 

साथै, उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई नयाँ सरकार छिटो बनाएर अघि बढ्न समेत आग्रह गरे। 

मुख्यमन्त्री महराको राजीनामापछि कांग्रेस–एमालेले नयाँ सरकार बनाउने तयारी अघि बढाएका छन्। 

दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति बनेको नेताहरूले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .