मधेस


जनकपुरधाममा गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिले पाए सफाइ

जनकपुरधाममा गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिले पाए सफाइ

शैलेन्द्र महतो
असार २४, २०७९ शुक्रबार ९:२६, जनकपुरधाम

जनकपुरधाममा गोली हानेर व्यवसायीको हत्या गरेको अभियाेग लागेका व्यक्तिलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको छ। 

जनकपुरधाम उपमहानगरपालकिा-१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियाेग लागेका जनकपुरधाम १४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई अदालतले सफाइ दिएको हो।

न्यायाधीश डा‍. परशुराम भट्टराईको इजलासले प्रमाण नपुगेको भन्दै दामोदरलाई सफाइ दिएको हो।

अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण अदालतले सफाइ दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए। 

६ कात्तिक २०७६ मा जनकपुरधाम -१४ मुजेलियास्थित आरोपित दामोदरको घरमा उधारो इन्धनको पैसा माग्न जाँदा साह गोली प्रहारबाट मारिएका थिए। 

घटनालगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहति पक्राउ गरेको थियो।घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउन्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउन्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउन्ड गोली बरामद गरेको  थियाे।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घर गएका थिए। पैसा माग्दा विवाद  उत्पन्न भएपछि हात हालाहाल भएको थियो। त्यसपछि पंकजले गोली हानेको आरोप थियाे। गोली लागेर मनोजको घटनास्थलमै मृत्यु भएको थियो  

हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी जिल्ला अदालत धनुषामा मुद्दा हालिएको थियो।

निर्माण व्यवसायी पंकजले मनोजले धनुषाको सपहीस्थित सञ्चालन गरेको पेट्रोल पम्प शिव आयल स्टोरबाबट पंकजले डिजेल पेट्रोल लिएका थिए। इन्धनको बाँकी बक्यौता ८ लाख रुपैयाँका लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियाे। ​

पंकजले उनको हत्या गरेको निष्कर्षसहित धनुषा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको थियो। 

प्रहरीका अनुसार त्यसबेला अनुसन्धानका क्रममा पंकजले आफूले हत्या गरेको स्वीकार पनि गरेका थिए। 

चौधरीलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .