मधेस


धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

दुर्घटनामा परेको जिप


जयन्त ठाकुर
मंसिर १७, २०७९ शनिबार ९:३२, जनकपुरधाम

धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। दुर्घटनामा ९ जना घाइते भएका छन्।

शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले  जानकारी दिए।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष रहेको प्रहरी नायब उपरीक्षक रायले बताए। दुर्घटनामा २९ वर्षीया रुबीकुमारी, १३ वर्षीया  शृजना साह, १७ वर्षीया मञ्जुकुमारी साह, २५ वर्षीय अब्दुल मञ्जुरीको मृत्यु भएको हो। एक मृतककाे नाम खुल्न बाँकी छ। 

पिकअप र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको्प्रहरी नायव उपरीक्षक  रायले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .