मधेस


सिरहामा मनी ट्रान्सफरको ९ लाख रुपैयाँ लुटियो

सिरहामा मनी ट्रान्सफरको ९ लाख रुपैयाँ लुटियो

सांकेतिक तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १८:३१, जनकपुरधाम

सिरहाको एक मनी ट्रान्सफरको लाखौ रुपैयाँ लुटिएको छ। मनी ट्रान्सफरका लागि लग्दै गरेको अवस्थामा ९ लाख रुपैयाँ लुटिएको हो। 

मिर्चैया–कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुल नजिकैबाट प्रहरी र मनी ट्रान्सफरका कर्मचारीको सुरक्षा घेरा तोडेर लुटेराहरुले रकम लुटेर फरार भएका हुन्। 

ज६प ४२५६ नम्बरको मोटरसाइकलमा प्रहरीको सुरक्षासहित राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लिएर आउँदै थिए। सोही क्रममा लुटेराले रकम लुटेर फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक नरेशराज पाण्डेले रकम लुटिएको पुष्टि गरेका छन्।

अहिले लुटेराको खोजतलास भइरहेको र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको सिरहा प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .