मधेस


स्कुलको गेट ढलेर बालकको मृत्यु भएपछि सर्लाहीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

स्कुलको गेट ढलेर बालकको मृत्यु भएपछि सर्लाहीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

जनार्दन पोखरेल
असार १८, २०८० सोमबार १९:२४, सर्लाही

सर्लाहीको हरिवनमा स्कुलको गेट ढलेर ५ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

बालकका आफन्त र स्थानीयले डेढघन्टा अघिदेखि पुर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको नयाँरोडमा टायर बालेर राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

राजमार्ग अवरुद्ध हुँदा सवारी साधनको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए।

प्रदर्शनमा सहभागीले दोषीलाई कारवाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

सोमबार बिहान साढे १० बजे हरिवन ९ सुखेपोखरीस्थित ज्ञानज्योति आवासीय इङलिस बोर्डिङ स्कुलको गेट भत्किँदा सर्लाहीकै बागमती नगरपालिका ४ का आकाश बलका पाँच वर्षीय छोरा आयुष बलको मृत्यु भएको थियो।

उनी सोही विद्यालयमा यु केजीमा अध्ययरत थिए। सोमबार बिहान बालबालिकाहरु विद्यालय जाने क्रममा उक्त घटना भएको हो।

घरबाट सोही विद्यालयकै बसमा आएका बालबालिका स्कुल गेट नजिक झर्दै गर्दा विद्यालयको गेट भत्किएर बालबालिकालाई थिचेको थियोे।

घटनामा सोही विद्यालयमा कक्षा २ मा पढ्ने अर्का सात वर्षीय बालक आदित्य बल गम्भीर घाइते भएका छन्। 

फलामे गेटले थिच्दा गम्भीर घाइते भएका बालकद्वयलाई उपचारका लागि हरिवनमै रहेको नमूना अस्पताल लगिएको थियो। 

आयुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते बालक आदित्यलाई थप उपचारको लागि वीरगन्ज लगिएको छ। 

बालकको शव परिवारजनले बुझ्न मानेका छैनन्। 

अवरुद्ध राजमार्ग खुलाउने विषयमा पहल भइरहेको डीएसपी राईले बताए। विद्यालय प्रशासनले नट फुस्किँदा गेट ढलेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .