ad ad

मधेस


गाडिएको १२ वर्षीय बालकको शव निकालेर प्रहरीले पक्र्यो बुवाआमा

गाडिएको १२ वर्षीय बालकको शव निकालेर प्रहरीले पक्र्यो बुवाआमा

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन २५, २०८० शुक्रबार १८:४८, वीरगन्ज (पर्सा)

छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा वीरगन्ज महानगरपालिका-१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएको र घटनाको अनुसन्धानका लागि बाबु शम्भु र उनकी पत्नी सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ।

बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .