ad ad

मधेस


मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कांग्रेस र एमालेको साथ पाएपछि सिंहले बहुमत पाउने पक्का
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८१ शनिबार ११:२, जनकपुर

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ। सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो। जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन्। कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाउने पक्का भएको छ।

मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेकपा (माओवादी केन्द्र) का ९, नेकपा (एकीकृत समाजवादी) का सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक प्रदेशसभा सदस्य छन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .