मधेस


जनकपुरमा शुभश्री सहकारीको ६० लाख लुटपाट, हतियारधारी फरार

जनकपुरमा शुभश्री सहकारीको ६० लाख लुटपाट, हतियारधारी फरार

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय (तस्बिर : संस्थाको फेसबुकबाट)


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १३:४७, काठमाडौँ

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–१९ मा सोमबार हतियारधारी समूहले लुटपाट गरेको जानकारी आएको र अहिले अनुसन्धान गरिरहेको धनुषाका डीएसपी रञ्जन अवालेले बताए। 

सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको सूचना आएको छ।, अहिले हामी त्यसैमा लागिरहेका छौं, विस्तृत खुलिसकेको छैन, डीएसपी अवालेले भने।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा पेस्तोल देखाएर लुटपाट भएको बताएका छन्। 

महतोलाई मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटपाट गरेको प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .