ad ad

Nepal Khabar TV


यस्तो देखियो संसद्को हिउँदे अधिवेशन (तस्बिरहरू)

यस्तो देखियो संसद्को हिउँदे अधिवेशन (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
माघ २२, २०८० सोमबार १६:३७, काठमाडौँ

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ।

अपराह्न ४ बजे संसद बैठक संसद्को हिउँदे अधिवेशन सुरु भएको हो।

यसअघि नै बैठक सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको थियो। 

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको व्यवस्था गरेको छ।

यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जाने तयारी भएको छ।

तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुँदैछ।

विधेयक अधिवेशनका रुपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्।

त्यसमध्ये १६ विषयगत समिति छन्। एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट आएका सन्देशसहित पढेर सभामुख देवराज घिमिरेले सुनाए। त्यस्तै अन्य केही प्रस्ताव पनि पेश भएका छन्। अब अर्को बैठक माघ २४ गते बस्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .