ad ad

Nepal Khabar TV


पशुपति क्षेत्र सुहाउँदो काठमाडौँ जयवागेश्वरीको यो वडा कार्यालय (भिडिओ)


विशाल कार्की
साउन २५ , काठमाडौँ

भर्खरै उद्घाटन गरिएको काठमाडौँ महानगरपालिका वडा नम्बर ८ को कार्यालय भवनले जो कोहीको ध्यान तान्छ। पशुपति मन्दिर क्षेत्रमै पर्ने जयवागेश्वरी चोकमा बनेको वडा कार्यालय पनि झट्ट हेर्दा मठमन्दिरजस्तै देखिन्छ। 

मंगलबार दिउँसो नेपालखबरको टोली पुग्दा वडाध्यक्ष आशामान संगत छलफलमा व्यस्त थिए। छलफलमा वडा सदस्यसँगै अन्य स्थानीय पनि थिए। 

छलफलको विषय रहेछ- झ्यालमा कस्ता पर्दा राख्ने, सजावटका लागि कुन गमला कहाँ राख्ने?

कोही रातो पर्दा राख्ने भनिरहेका थिए भने कोही सेतो बाक्लो पर्दा राख्नुपर्छ भनिरहेका थिए। 

‘रातो, नीलो झिलिमिली बनाउन हुँदैन। सबै झ्यालमा सेतो पर्दा राखौँ’, सबैको कुरा सुनिसकेपछि वडाध्यक्ष संगतले भने।

उक्त वडा कार्यालय भवन यही साउन १७ गते मात्र उद्घाटन भएको हो। पशुपति विकास कोषले दिएको ४ आना जग्गामा निर्मित वडा भवनका झ्याल-ढोकामा शिल्पकलाको प्रयोग छ भने प्रवेशद्वारमा दुई सिंहका कालात्मक मूर्ति छन्।

पशुपति क्षेत्र आफैँ पनि विश्वसम्पदा सूचीकृत छ। ठाउँ सुहाउँदो कलात्मक र सम्पदामैत्री देखिने भवन हामीले बनाएका हौँ’, वडाध्यक्ष संगलले नेपालखबरसँग भने, ‘बाहिरबाट देखिँदा पुरानो शैलीको भए पनि भवनमा आधुनिक प्रविधि प्रयोग गरिएको छ।’

२०५९ सालमा पशुपति विकास कोषले अन्य ठाउँमा भवन बनाइदिने सर्तमा वडा कार्यालय भवन भत्काइदिएको थियो। २० वर्षपछि उसले जग्गा त दियो तर भवन निर्माण भने महानगरपालिकाको खर्चमा गरिएको हो।  

तस्बिर: सरोज नेपाल

साउन २५, २०८१ शुक्रबार ८:४२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .