हङकङमा बेइजिङको अधिकारी बताउँदै एकैवर्ष ७२ करोड ६० लाख डलर ठगी

हङकङमा बेइजिङको अधिकारी बताउँदै एकैवर्ष ७२ करोड ६० लाख डलर ठगी

नेपालखबर
पुस १३, २०७८ मंगलबार ११:२९, काठमाडौँ

हङकङमा सन् २०२१ को सुरुवाती ११ महिनामा ७२ करोड ६० लाख हङकङ डलर ठगी भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार फोनबाट आफूलाई बेइजिङको अधिकारी भएको बताउँदै हङकङमा विशेषगरी नयाँ रहेका मानिसलाई ठगी गर्ने गिराेहले फन्दामा पार्ने गरेको पाइएको छ। 

हङकङको प्रहरीका अनुसार २०२१ को सुरुवाती ११ महिनामा भएको ठगी २०१५ यताकै सबैभन्दा धेरै हो।

गत वर्ष हङकङमा भएको ठगीको तुलनामा यस वर्षको ११ महिनामा भएको ठगी ३५ प्रतिशत धेरै हो। गत वर्ष ५३ करोड ९० लाख हङकङ डलरबराबरको ठगी भएको थियो। 

हङकङमा बाहिरबाट अध्ययनका लागि आउने नयाँ विद्यार्थी ठगी गर्ने गिरोहको निशानामा पर्छन्।

नयाँ मानिसहरुलाई स्थानीय नियम थाहा नभएको कारण उनीहरु आफ्नो व्यक्तिगत सूचना गिरोहका मानिसहरुलाई बताउँछन्। त्यसपछि उनीहरु ठगीमा पर्छन्। 

सेप्टेम्बरदेखि नोभेम्बरबीचको अवधिमा मेनल्याण्ड चीनका १०१ विद्यार्थी ठगीमा परेका थिए। उनीहरुबाट ३ करोड ६० लाख हङकङ डलर ठगी गर्ने गिरोहले असुल गरेका थिए।

गिरोहका मानिसहरुले आफूलाई बेइजिङको अधिकारी भएको बताउँदै मानिसहरुको व्यक्तिगत सूचना माग गर्ने गरेको र त्यसैको आधारमा उनीहरुको पैसा लुटिने गरेको हङकङ प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार यसरी हङकङका मानिसहरुबाट ठगी भएको रकम मेनल्याण्ड चीन वा फिलिपिन्स तथा स्पेनजस्ता मुलुकमा ट्रान्सफर हुने गरेको छ। प्रहरीका अनुसार ठगी गर्ने गिरोह मेनल्याण्ड चीनका साथै विभिन्न एसियाली मुलुकको हुन सक्ने देखिएको छ। 

कतिपयलाई भने आफ्नो बैंक एकाउन्टबाट पैसा निकालिएपछि मात्र आफू ठगीमा परेको थाहा हुने गरेको पाइएको छ। प्रहरीले बाहिरबाट आउने विद्यार्थीहरुलाई यस किसिमको ठगीबाट सतर्क रहन आग्रह गरेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .