हङकङमा कार चालकको मृत्यु भएपछि दुई ट्रक चालक प्रहरी नियन्त्रणमा

हङकङमा कार चालकको मृत्यु भएपछि दुई ट्रक चालक प्रहरी नियन्त्रणमा

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १२:३१,

बिहीबार बिहान साढे ७ बजेको समयमा युन लङस्थित सान टिन हाइवेको बाटोमा ५३ वर्षका एक व्यक्तिको कार बिच बाटोमा बिग्रिपछि उनी कारबाट निस्कन्छन्।

सोही समयमा एक ट्रकले उनलाई ठक्कर दिन्छ। उनको मृत्यु त्यही हुन्छ।

सोही समयमा ठक्कर दिने ट्रकलाई पनि पछाडिबाट अर्को ट्रकले ठक्कर दिएपछि प्रहरीले दुवै ट्रक चालकलाई नियन्त्रणमा लिएको एससीएमपीले जनाएको छ।

गएको ६ दिनमा हङकङमा भएको यो तेस्रो घातक दुर्घटना हो। यतिबेला दुवै हिरासतमा छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको छ।

गएको ११ महिनामा हङकङमा ९८ वटा सडक दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको जनाइएको छ।

The second truck rammed into the back of the first one. Photo: Handout

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .