हङकङको भन्सार विभागले एक अर्ब १० करोड हङकङ डलर (करिब १४ करोड अमेरिकी डलर) बराबरको लागू औषध बरामद गरेको छ।
अधिकारीहरुले दिएको जानकारीअनुसार हङकङको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्यको लागूऔषध बरामद हो। साउथ चाइना मर्निङ पोस्टका अनुसार नरिवल पानी राखिएको कार्टुनमा लुकाएर ल्याइएको १.८ टन लागूऔषध बरामद गरिएको हो।
उक्त लागूऔषध बोकेको कार्गो जहाज मेक्सिकोबाट अष्ट्रेलियाको सिड्नी जाने रुटबाट आएको थियो।
अधिकारीहरुका अनुसार १८ सय एक लिटरको कार्टुनमा ल्याइएका लागूऔषध अष्ट्रेलिया पुर्याउँदा त्यसको मूल्य ८ अर्ब हङकङ डलर पर्थ्यो।
जसको भाउ मेक्सिकोमा एक करोड ८० लाख हङकङ डलर मात्र पर्छ। हङकङमा भने यसको भाउ एक अर्ब १० करोड एचके डलर पर्छ।
असामान्य कार्गो जहाजमा नरिवल पानी हालेर ल्याइएसँगै अधिकारीहरुले यसबारे अनुसन्धान अघि बढाएका थिए। त्यस्तै गुप्तचर संस्थाले पनि ठूलो मात्रामा मेथाम्फेटामाइन नामक लागूऔषध अष्ट्रेलिया लगिन लागेको रिपोर्ट दिएको थियो।
समाचारमा उल्लेख गरिएअनुसार अनुसन्धानको क्रममा तरल बनाएर मेथाम्फेटामाइनलाई अष्ट्रेलिया लगिँदै थियो। हङकङले समातेको यो अहिलेसम्मकै धेरै मूल्यको लागू औषध हो।
तौलको हिसाबमा भने यो दोस्रो हो। यसअघि सन् १९९६ मा भन्सार विभागका कर्मचारीले ७.२ टन क्यानाबिस बरामद गरेका थिए।
Shares
प्रतिक्रिया