हङकङमा बढ्यो कार चोरी, गिरोहका चारजना पक्राउ

हङकङमा बढ्यो कार चोरी, गिरोहका चारजना पक्राउ

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १२:५९, हङकङ

हङकङमा मानिसको बसोबासको नयाँ क्षेत्रमा पछिल्लो समय कार चोरीका घटना बढेका छन्। हङकङ प्रहरीले कार चोरीमा संलग्न गिरोहका चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुईजना पुरुष र दुई महिला छन्। शनिबार उनीहरुलाई टिन शुई वाईमा पक्राउ गरिएको चिफ इन्स्पेक्टर औ येउङ टाकले बताए। 

त्यस्तै चोरी भएका पाँच कार पनि शनिबारै विभिन्न तीन स्थानमा फेला पारिएको प्रहरीले बताएको छ। अहिले पक्राउ गरिएका मानिसहरुलाई कार चोरीका लागि प्रयोग हुने उपकरण र छुरा पनि बरामद गरिएको थियो। 

प्रहरीका अनुसार अक्टोबर ७ देखि अक्टोबर २७ को बीचमा चोरी भएका तीन लाख हङकङ डलरका कार फेला पारिएको हो। प्रहरीका अनुसार गिरोहले सेकेण्ड ह्याण्ड सुनसान स्थानमा पार्क गरेर राखेको कारलाई निशाना बनाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ।

अहिले पक्राउ परेका चारजना मानिसहरु २४ देखि ३८ वर्ष उमेर समूहका छन्। उनीहरुमाथि अहिले सोधपुछको काम भइरहेको छ। 

प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको र अन्य मानिसहरु पनि पक्राउ पर्न सक्ने बताएको छ।

हङकङमा कार चोरेको आरोपमा १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ भने अर्काको सम्पत्ति प्रयोगको मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुन सक्छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .