हङकङमा बिरालोको मासु बेच्ने एक पसलेलाई अदालतले दोषी ठहर गरेको छ। बिहीबार उनलाई १० हप्ताका लागि जेल चलान गरिएको छ।
क्वुन तोङ अदालतले ४० वर्षीय वु सिउवानलाई सो सजाय दिएको हो।
उनले कानुन उल्लंघन गरेर बिरालोको मासु बेचेको र बेच्न अनुमति दिएको भन्दै अदालतले दोषी ठहर गरेको हो।
सरकारी अधिकारीहरुले याउ मा तेइस्थित उनको पसलमा फेब्रुअरीमा छापा मारेका थिए। सञ्चारमाध्यममा उनले क्वाङतोङ प्रान्तबाट बिरालोको मासु ल्याएर बेचेको खबर छापिएपछि सो छापा मारिएको थियो।
उनले ६ सय ग्राम मासु १०० हङकङ डलरका दरले बेच्ने गरेका थिए।
सुरुमा उनले एक रिपोर्टरलाई मासु देखाउँदै गरेको भिडिओ खिचिएको थियो। तर, पछि त्यसलाई उनले अस्वीकार गरेका थिए।
उनको पसलमा १.२ किलो बिरालोको मासु फेला परेको प्रमाण अदालतमा पेस गरिएको थियो।
हङकङमा कुकुर वा बिरालोको मासु बेच्ने, खाने वा राख्नेलाई अधिकतम ५ हजार डलर जरिवाना र ६ महिना सजायको व्यवस्था छ। एससीएमपी
Shares
प्रतिक्रिया