हङकङका पुराना अभिनेता रिचर्ड ङ यिउ होनको निधन भएको छ। उनको ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो।
१९७० र ८० को दशकमा हास्यप्रधान भूमिकामा देखिएर उनले चर्चा कमाएका थिए।
हङकङका फिल्म निर्माताहरुको संघका पूर्वअध्यक्ष टेन्की टिएनले परिवारले ङको मृत्युको खबर पुष्टि गरेको बताएका छन्।
अभिनेता ङले २०१९ मा आफूलाई मिर्गौलाको समस्याले सताइरहेको बताएका थिए। २०२१ मा उनले मुटुको शल्यक्रिया गरेको जनाएका थिए।
१९७० मा ज्याकी च्यान र साम्मो हुङसँगै ङ पनि फिल्म उद्योगमा स्थापित भएका थिए।
हङकङमा जन्मेहुर्केका उनी १५ वर्षको उमेर बेलायत सरेका थिए। जहाँ उनले फिल्म अध्ययन गरे।
त्यसपछि हङकङ फर्केर उनले टेलिभिजनमा काम सुरु गरेका थिए।
उनका द पिलफेरर्स प्रोग्रेस, विनर टेक्स अलजस्ता फिल्म हिट भए।
उनका पत्नी र चार सन्तान छन्। एससीएमपी
204
Shares
प्रतिक्रिया