ग्वान डेरोङ नामले चिनिने क्वाइले ‘चोरहरुका राजा’ उपमा पाएका थिए। सन् २००५ मा २४ वर्षको जेल सजाय पाएका क्वाइलाई जेलमा राम्रो व्यवहार देखाएपछि १६ वर्षमै हङकङको जेलबाट मुक्त गरिने भएको हो।
अमेरिकी पासपोर्टधारी उनलाई आगामी हप्ता अमेरिका सुपुर्दगी गरिने एससीएमपीले जनाएको छ।
हाल ५९ वर्षका क्वाई निकै खतरनाक अपराधी थिए। सन् २००३ मा क्रिसमसको अघिल्लो रात उनलाई सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो।
३० वर्षसम्म उनले निकै डरलाग्दा अपराधहरु गरेका थिए। पक्राउ भने पर्न सकेका थिएनन्।
उनलाई गिरफ्तार गर्नेबेला प्रहरीले उनीबाट दजनौं पेस्तोल, बन्दुक, बम, तथा गोलीहरु बरामद गरेको थियो।
बाँकी कारवाही अमेरिकाले गर्ने जनाएको छ।
3
Shares
प्रतिक्रिया