हङकङमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीले मास्क लगाएर प्रहरी तथा व्यापारिक भवनहरुमा तोडफोड गर्दै हिंस्रक गतिविधि गर्न थालेपछि त्यहाँको सरकारले मास्क लगाउन प्रतिबन्ध लगाएको थियो।
यतिबेला वकिलहरुले उक्त कानुन अभिव्यक्ति स्वतनन्त्रता विरोधी भएको बताएका हुन्।
सरकारले मास्क प्रतिबन्ध हुनुपर्ने अडान लिइरहँदा हङकङमा शुक्रबार अदालतमा वकिलहरुले मास्क लगाउन पाउनुपर्ने आवाज उठाएका हुन्।
मास्क प्रतिबन्ध कानुनको विरुद्धमा उभिएका २४ वकिलहरुको प्रतिनिधित्व गरिरहेका वकिल जोहानेस चान मान–मुनले भने,‘मास्क प्रतिबन्ध गर्ने कानुनले हाम्रो अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिदिएको छ।’ एससीएमपी
3
Shares
प्रतिक्रिया