४ वर्षीय छोरालाई लात हान्ने बाबु हङकङ प्रहरीको नियन्त्रणमा

४ वर्षीय छोरालाई लात हान्ने बाबु हङकङ प्रहरीको नियन्त्रणमा

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल


नेपालखबर
असार ५, २०८० मंगलबार ७:४२, हङकङ

हङकङ प्रहरीले ४ वर्षीय छोरालाई लात हानेर बाल दुर्व्यवहार गरेको भन्दै एक जना बुवालाई नियन्त्रणमा लिएको छ।

आइतबार आफन्तलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिरहेका ती ४५ वर्षीय पुरुषले छोरालाई लात हानेका थिए। घटना 'फादर्स डे'को दिन जुन १८ मा घटेको हो।

घटनासँग सम्बन्धित पारिवारिक स्रोतका अनुसार ती पुरुष मलेसियाबाट आउने आफ्नी सासुलाई स्वागत गर्न विमानस्थल पुगेका थिए। श्रीमती गर्भवती भएर अस्पतालमा भर्ना भएपछि सासुआमा भेट्न आएकी थिइन्। उक्त पुरुष चाँडै दोस्रो सन्तानको पिता बन्दैछन्।

यसैबीच, विमानस्थलमा ४ वर्षीय छोरा रमाइलो गरी दौडिरहेका थिए। ती बालकलाई अटिजम रहेको पारिवारिक स्रोतले बताएको छ।

रमाएर दौडिरहेका बालकलाई बुवाले पछाडिबाट लातले हानेका थिए। लात लागेपछि बच्चा भुइँमा खसेको र टाउकोमा चोट लागेको प्रहरीले बताएको छ।

उक्त घटनापछि बाल दुर्व्यवहारको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।  तर पछि उनलाई धरौटीमा रिहा गरिएको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान भने जारी राखेको छ। ती पुरुषलाई असार मसान्तमा प्रहरीकोमा उपस्थित हुन भनिएको छ।

हङकङमा बालबालिकालाई दुर्व्यवहार वा बेवास्ता गरेमा १० वर्षसम्म कैद हुनसक्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .