प्यारेन्ट चिल्ड्रेन कप २०२३ मोना एफसीले जितेको छ।
त्यस्तै, दोस्रोमा धरान एफसी, तेस्रो धरहरा एफसी र चौथो विजेता सोल्टी एफसी भएको छ।
प्रतियोगितामा प्रथम हुने मोना एफसीले २५ हजार १ सय २५ हङकङ डलर, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ।
दोस्रो भएको धरान एफसीले १५ हजार हङकङ डलरका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने तेस्रो र चौथो विजेताले क्रमश: ५ हजार र २ हजार हङकङ डलर प्राप्त गरेका छन्।
प्रतियोगिता २२ जुनका दिन चुन वानस्थित शा सुई रोड फुटबल मैदानमा भएको थियो।
एक दिने प्रतिस्पर्धात्मक यस खेल नेपाली बाबु-आमा र छोराछोरी क्लब हङकङले आयोजना गरेको हो।
24
Shares
प्रतिक्रिया