हङकङका ४ विश्वविद्यालयहरूले शैक्षिक सुधार गरी उत्कृष्ट सूचीको वरीयतामा स्थान बढाएका छन्।
हङकङ विश्वविद्यालय पछिल्ला पाँच वर्षयता एसियाको उत्कृष्ट चौथो स्थानमा छ। यस वर्ष पनि उक्त शैक्षिक संस्था त्यो स्थान कायम राख्न सफल भएको हो।
बाँकी चार विश्वविद्यालयले आफ्नो वरीयतामा सुधार गरेका छन्।
एसियाका उत्कृष्ट विश्वविद्यालयहरूको मापन गर्ने संगठनले गरेको अध्ययन अनुसार चाइनिज युनिभर्सिटी अफ हङकङ सातौँबाट छैटौँ स्थानमा उक्लिएको छ। यसैगरी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी सातौँ स्थानमा छ। अघिल्लो वर्ष यो विश्वविद्यालय नवौँ स्थानमा थियो।
यसैगरी पोलिटेक्निक युनिभर्सिटी (पोलियु) १५औँबाट एक स्थान माथि उक्लिएर १४औँ मा र सिटी युनिभर्सिटीले बलियो सुधार गर्दै २४ औँबाट १६६ औँ स्थानमा पुगेको छ।
195
Shares
प्रतिक्रिया