तमु प्ये ह्युल संघ हङकङको सातौँ अधिवेशन आइतबार (२५ जुन) सम्पन्न भएको छ। युन लङस्थित संघको आफ्नै भवन क्होइबो धींमा अधिवेशन भएको हो।
अधिवेशनले मनबहादुर क्रोम्छे तमुको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ। तमु अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिए।
त्यस्तै, उपाध्यक्षमा हर्क जंग क्रोम्छे तमु चयन भएका छन् भने सचिवमा भाजेन्द्र प्हच्यु तमु छन्। सहसचिवमा मनोज तेल्मे तमु, कोषाध्यक्षमा ठाकुरप्रसाद क्होल तमु चुनिएका छन् भने सहकोषाध्यक्षमा टिकामाय ल्हेगे तमु चुनिएकी छिन्।
त्यस्तै, सदस्यहरूमा मीना टंकी लम, शान्ति प्हच्यु तमु, कुमारी तमु, चेतबहादुर योज तमु, मिमबहादुर क्रोम्छे तमु, गणेशबहादुर त्हार तमु, देवानन्द टु तमु, खुशी प्हच्यु तमु, रुद्र प्हच्यु तमु, बेलबहादुर क्रोम्छे तमु र भीमबहादुर ङोर तमु चुनिएका छन्।
87
Shares
प्रतिक्रिया