हङकङको ट्याक्सी सेवाबाट यात्रु असन्तुष्ट, चालकले चलाए सुधारका लागि अभियान

हङकङको ट्याक्सी सेवाबाट यात्रु असन्तुष्ट, चालकले चलाए सुधारका लागि अभियान

हङकङ
असार १४, २०८० बिहिबार १०:१९, काठमाडौँ

हङकङमा ट्याक्सी सेवाबाट यात्रु असन्तुष्ट भएपछि चालकहरूले दुई सेवा सुधारका लागि दुई महिने अभियान चलाएका छन्।

हालै एक सर्वेक्षणले यात्रुहरू ट्याक्सी सेवाबाट कम सन्तुष्ट भएको तथ्यांक निकालेको थियो। उक्त सर्वेक्षणपछि हङकङको ट्याक्सी संगठनले सेवा सुधारका लागि दुई महिने अभियान सुरु गरेको हो।

हङकङ ट्याक्सी काउन्सिलका उपाध्यक्ष एनजी क्वानसिङले १० विश्वविद्यालयका विद्यार्थीको उपस्थितिमा हप्तामा तीन दिन शहरका विभिन्न ट्याक्सी स्टायन्डमा अभिमूखीमूलक तालिक दिन लागिएको बताए।

'अभियानको उद्देश्य चालक र यात्रुबीचको सञ्चार वृद्धि गर्नु हो, किनभने हङकङमा ट्याक्सीको गुणस्तरमा गरिएको सर्वेक्षणमा ५५ प्रतिशत मात्रै सकारात्मक जवाफ भेटियो। अर्थात् सुधारका धेरै ठाउँ देखिए,' उनले भने। जबकि सन् २०१९ मा गरिएको सर्वेक्षणमा ७० प्रतिशतले ट्याक्सी सेवाबाट सन्तुष्ट भएको जवाफ दिएका थिए।

हङकङमा १८ हजार १६३ वटा इजाजतप्राप्त ट्याक्सी छन्। ट्याक्सीप्रति असन्तुष्टीका कारण चालहकरूले उबर र हेलिङ जस्ता राइड शेयरिङ एपको प्रयोगमा जोड दिएका छन्। जसको दबाबमा हङकङमा खुला ट्याक्सी व्यवसायी परेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .