नेपाल चेम्बर अफ कमर्स हङकङको १५औं वार्षिकोत्सवका क्रममा व्यापारिक रणनीतिबारे छलफल

नेपाल चेम्बर अफ कमर्स हङकङको १५औं वार्षिकोत्सवका क्रममा व्यापारिक रणनीतिबारे छलफल

उद्‌घाटनका क्रममा रिबन काटिँदै।


मगेन्द्र राई
असार १५, २०८० शुक्रबार १३:१४, हङकङ

नेपाल चेम्बर अफ कमर्स हङकङले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ। गत बुधबार काउलुनको चिम शा चुईस्थित चार तारे इन्टरकन्टिनेन्टल ग्रान्ड स्टान्फोर्ड होटलमा मनाएको हो।

उक्त कार्यक्रममा हङकङका लागि महावाणिज्यदूत उदयबहादुर राना मगर, हङकङ सरकारका वाणिज्य तथा आर्थिक विकास सचिव एल्गेर्नन याउ लगायत अन्य अतिथिहरू, नेपाली संघ-संस्थाका पदाधिकारी तथा नेपाली व्यावसायीहरूको उपस्थिति रहेको थियो।

अतिथिहरूलाई अध्यक्ष लव गुरुङले  स्वागत गरेका थिए भने अतिथिहरूले चेम्बर अफ कमर्सलाई शुभकामना दिएका थिए।

कार्यक्रम रिबन काटी स्याम्पेन तोडेर उद्‍घाटन गरिएको थियो भने नेपाल र हङकङको राष्ट्रिय धुन बजाइएको थियो।

आयोजक संस्थाका महासचिव शशिमदन राईले संस्थाका गतिविधिहरूबारे जानकारी गराएका थिए। साथै उनले नेपाल र हङकङबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन संस्था लागिपर्ने बताए।

कार्यक्रममा हङकङका नेपाली व्यावसायीहरूलाई अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रमको समापन मन्तव्य दिँदै चेम्बरका अध्यक्ष गुरुङले उपस्थित सबैलाई कृतज्ञता प्रकट गरेका थिए।

उक्त समारोहले नेपाल र हङकङबीच आर्थिक लगानी, अभिवृद्धि र सहयोग प्रवर्द्धनका लागि हङकङका स्थानीय व्यापारिक वर्ग तथा सरकारी अधिकारीहरूलाई भेला गरी व्यापारिक रणनीतिहरूबारे  छलफल गर्ने अवसर जुराएको थियो।

सन् २००८ मा चेम्बरको स्थापना भएको थियो।

कार्यक्रम मिस सोयना ढकाल र मिस स्वेता पाण्डेले संयुक्त रूपमा सञ्चालन गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .