हङकङ प्रहरीले मोङकोकमा दुई जना व्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाएपछि शनिबार राति एक व्यक्तिलाई पक्राउ गरेको छ।
रगतले लतपतिएको अवस्थाकी महिलाले ‘ममाथि छुरा प्रहार भएको छ’ भन्दै चिच्याएपछि प्रहरी अधिकारीहरू राति सवा ९ बजे रिक्लेमेसन स्ट्रिटको घटनास्थलमा पुगेका थिए।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा बुलेटप्रुफ ज्याकेट लगाएका प्रहरी अधिकारीहरूले फुटपाथमा उभिएको एक व्यक्तिलाई ‘न चल’, ‘तल राख’ भन्दै आदेश दिइरहेको देखिन्छ।
‘दम्पतीलाई नै चक्कुले घाइते बनाइएको छ’ भनेर कसैले चिच्याइरहेको पनि सो भिडियामो सुनिन्छ।
घटनास्थल मोङकोक हङकङको सस्तो इलेक्ट्रोनिक्स सामानका लागि प्रख्यात छ। मोङकोक नेपाली समुदायको बाक्लो बसोबास रहेको याउमातेइ र जोर्डन नजिकै पर्छ।
रगतले लतपतिएको टीसर्ट लगाएकी एक महिला सर्ट नलगाएको अर्को मानिसबाट टाढा बसिरहेकी देखिन्छिन्।
प्रहरीले घटनास्थलमा एउटा चक्कु र एक जोडी कैंची फेला पारेको साउथ चाइना मार्निङ पोस्टले जनाएको छ।
टाउकोमा चोट लागेको एक पुरुष र ढाडमा चोट लागेको एक महिलालाई नजिकैको कोङ्ग्वा अस्पतालमा भर्ना गरिएको छ। शंकास्पद व्यक्तिलाई पनि अस्पतालमा भर्ना गरिएको छ।
पीडितको पृष्ठभूमि र मुद्दाको अवस्था खुलेको छैन।
Shares
प्रतिक्रिया