हङकङमा प्रहरीसितै ५ गुणा बढी भाडा असुल्ने ट्याक्सी चालक पक्राउ

हङकङमा प्रहरीसितै ५ गुणा बढी भाडा असुल्ने ट्याक्सी चालक पक्राउ

नेपालखबर
असार ३०, २०८० शनिबार १२:२०, हङकङ

हङकङमा प्रहरीसँगै निर्धारित भन्दा ५ गुणा बढी भाडा असुल्ने एक ट्याक्सी चालक पक्राउ परेका छन्।

ल्यान क्वाई फोङमा ओभरचार्ज नियन्त्रण गर्न सादा पोशाकमा खटिएका प्रहरी अधिकारीलाई ३२ वर्षीय ती चालकले १५० हङकङ डलर लिएका थिए। जबकि कुल भाडा २७ डलर मात्रै उठेको थियो।

शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको प्रहरीफको अपरेसनमा चालक पक्राउ परेका हुन्। उनीमाथि ट्याक्सी मिटर पालना नगरेको आरोप पनि लगाइएको छ।

बढी भाडा असुलेको दावी गर्दै उनलाई प्रचलित कानुनअनुसार कारवाही गर्नुपर्ने प्रतिवेदन अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ। आरोप पुष्टि भएमा ती चालकलाई १० हजार डलर जरिवाना वा ६ महिना कैद सजाय हुनसक्नेछ।

प्रहरीले निर्धारित भाडाभन्दा बढी असुल्ने ट्याक्सी चालकलाई कारवाही गर्ने अभियान जारी राख्ने बताएको छ। साथै बढी भाडा लिएको शंका लागेमा समय, स्थान, चालकको नाम, ट्याक्सी नम्बर टिपेर प्रहरीलाई बुझाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .