यस्तो छ ४ वर्षदेखि हङकङ सरकारलाई चिढाइरहेको एक गीत

यस्तो छ ४ वर्षदेखि हङकङ सरकारलाई चिढाइरहेको एक गीत

नेपालखबर
साउन ७, २०८० आइतबार ८:४३, हङकङ

सन् २०१९ सेप्टेम्बरमा हङकङ रंगशालामा हङकङ र इरानबीच विश्वकप छनोट खेल हुँदै थियो। उक्त खेलको बीचमा चिनियाँ राष्ट्रिय धुन बजाउँदा सरकारविरोधी समूहले प्रदर्शन गर्‍यो, 'ग्लोरी टु हङकङ' गीत गायो।

प्रदर्शनकारीले 'हङकङलाई मुक्त गरौँ' भन्ने नारा लगाएका थिए। त्यसक्रममा विरोधी समूह र सरकार समर्थकबीच झडप समेत भएको थियो।

सोही वर्ष हङकङका  विभिन्न सहरमा विरोध प्रदर्शन भए। ती प्रदर्शनका क्रममा जहीँतहीँ बजेको थियो विरोध गीत, 'ग्लोरी टु हङकङ।' सहरका विभिन्न सपिङ मलमा भेला भई प्रदर्शनकारीले उक्त गीत गाएका थिए।

उक्त गीतलाई चार वर्षयता हङकङ सरकारले प्रतिबन्ध लगाएको छ। सरकारले आट्युन्स र स्पोर्टीफाइबाट गीतलाई हटाएको थियो। २०२० जुलाईमा लागू भएको राष्ट्रिय सुरक्षा कानुनले कानुनी रुपमै उक्त  गीतले हिंसा र अन्य देशद्रोहलाई प्रोत्साहन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध लगाए पनि प्रदर्शनकारीले उक्त गीतलाई प्रदर्शनकारीले 'प्रोटेस्ट एन्थम' नै बनाएका छन्। विरोध कार्यक्रममा सोही गीत गाइरहेका छन्।

सरकारले लगाएको प्रतिबन्धविरुद्ध अदालतमा रिट परेको थियो। उच्च अदालतले हङकङले उक्त रिटमाथि जुलाई २८ मा निर्णय सुनाउने भएको छ। आउँदो शुक्रबार अपराह्न ४ बजे गीतमाथि सुनुवाइ गर्ने अदालतले बताएको छ।

हङकङको न्याय विभागले उक्त गीतले देशद्रोही नियत भएका पृथकतावादीलाई उक्साइरहेको भन्दै प्रसारण, प्रकाशण तथा मुद्रणमा रोक लगाउनुपर्ने माग गरिरहेको छ।

यस्तो छ उक्त गीतको शब्द
प्रतीज्ञा गर्छौँ, अब यो माटोमा आँसु झर्न दिन्नौँ
मुठ्ठी कस्छौँ, निश्चय नै यो संकल्प गर्छौँ
उठ अब तिमी, फेरि दास बन्ने छैनौ
हङकङमा स्वतन्त्र शासन हुनसक्छ

अगाडि जुन डरको खाडल छ
पक्कै पनि त्यो विसाल छ
तर हामीलाई विश्वास छ
उम्लिन देऊ रगत
जनमत हम्रै साथ छ
हङकङमा गौरवको शासन हुनसक्छ

तारा मुर्झाउन सक्छ, काँच झै फुट्न सक्छ
जसरी हावामा अँध्यारो पनि घुल्न सक्छ
एकान्तमा फुस्फुसाउँदो कुहिरोबाट पनि
ज्वाला उठ्न सक्छ, आगो बल्न सक्छ

स्वाधीनताका लागि अब हामी लड्छौँ
मुठ्ठी कस्छौँ, एकसाथ प्रहार गर्छौँ
वीरता र बुद्धिसाथ अघि बढ्छौँ
अब हामी लड्छौँ, अब हामी लड्छौँ
स्वतन्त्रताका लागि अब हामी लड्छौँ

बिहानीको सुरुवात गर, हङकङलाई आजाद गर
विश्वासमा श्वास भर : हङकङलाई आजाद गर
समयले क्रान्ति माग्छ
हङकङमा गौरवको शासन हुनसक्छ
हङकङलाई आजाद गर

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .