हङकङको एक हाउजिङमा झगडापछि आगलागी, दिदीबहिनीसहित चारजना घाइते

हङकङको एक हाउजिङमा झगडापछि आगलागी, दिदीबहिनीसहित चारजना घाइते

तस्बिर : गुगल


नेपालखबर
साउन ७, २०८० आइतबार १७:५२, हङकङ

हङकङको वङ ताइ सिनस्थित एक पब्लिक हाउजिङमा आगलागी हुँदा चारजना घाइते भएका छन्।

घटना आइतबार दिउँसो भएको हो। घाइते हुनेहरूमा दिदीबहिनी रहेका छन्। 

वाङ ताइ सिनस्थित शि लोक स्टेटमा रहेको लोक शुन हाउसको ३५औँ तलामा आगलागी भएको हो।

आगजनीका घाइतेलाई अस्पताल लगिएको छ। अहिले आगलागी नियन्त्रणमा छ। अग्नि नियन्त्रकको सहायताले आगो निभाइएको हो।

फ्ल्याटको विषयमा दिदीबहिनीबीच झगडा हुँदा आगलागी भएको स्रोतले जनायो।

दिदीबहिनीमध्ये जेठीको ७० प्रतिशत भाग जलेको बताइएको छ। अर्कीको हात र ढाड जलेको छ भने कान्छीको शरीरभरि घाउ रहेको बताइएको छ।

त्यस्तै, अर्की एकको चाहिँ हात र पेटमा छुरीको चोट रहेको बताइएको छ। झगडियाहरू ४६ वर्षभन्दा माथिका छन्।

आगलागी कसरी भयो भन्ने थाहा नभए पनि घटनास्थलमा ज्वलनशीन पदार्थ फेला परेको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .