सुपर टाइफुन साओला हङकङतर्फ बढ्दै, टी१ संकेत जारी गरिने

सुपर टाइफुन साओला हङकङतर्फ बढ्दै, टी१ संकेत जारी गरिने

बुधबार बिहानसम्म टाइफुन हङकङको ७९० किमि दक्षिणपूर्वमा छ। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १३, २०८० बुधबार १२:१३, हङकङ

सुपर टाइफुन साओला बुधबार बिहान ५ बजेसम्म हङकङबाट ७९० किलोमिटर दूरीमा आइपुगेको छ। यससँगै हङकङ अब्जर्भेटरीले बुधबार साँझ टी१ संकेत जारी गर्ने तयारी गरेको छ।

मौसम पूर्वानुमानविज्ञका अनुसार यो चक्रवात (साओला) बुधबार र बिहीबार दक्षिण चीन सागरको उत्तरपूर्वी भाग हुँदै पूर्वी ग्वाङजङको तटतिर सर्नेछ।

ग्वाङजङ प्रान्ततर्फ सर्दै गएको साओला शुक्रबारपछि भने कमजोर हुँदै जाने अनुमान छ। शनिबारसम्म पर्ल नदीको नजिक पुग्ने र हावासँगै वर्षा हुने सम्भावना छ।

सुपर टाइफुनको रूपमा वर्गीकृत साओलाको हावाको गति प्रतिघण्टा २३० किलोमिटरसम्म रहेको बताइएको छ।

सन् १९९० को दशकमा भियतनाममा फेला परेको दुर्लभ तथा संरक्षित जनावरको नामबाट यो टाइफुनको नामकरण गरिएको हो।

यस हप्ता हङकङको तापक्रम २६ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहने, शुक्रबार वर्षा हुने र सप्ताहन्तमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानविज्ञले गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .