हङकङमा आँधीबाट जोगिन जब अस्पतालभित्र छिर्‍यो सर्प!

हङकङमा आँधीबाट जोगिन जब अस्पतालभित्र छिर्‍यो सर्प!

क्वीन मेरी अस्पतालकाे अपरेसन थिएटर बाहिर भेटिएको सर्प। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १९:९, हङकङ

हङकङको पोकफु लामस्थित क्वीन मेरी अस्पतालमा सर्प छिरेको छ।

शुक्रबार बिहान करिब २ बजे अपरेशन थिएटर बाहिरको करिडोरमा ३० सेन्टिमिटर लामो सर्प फेला परेको अस्पताल स्रोतले पुष्टि गरेको छ।

सुपर टाइफुन साओलाबाट बच्न सर्प अस्पतालमा छिरेको विज्ञहरूको अनुमान छ। प्रतिकूल मौसमका कारण सर्प सुरक्षित स्थानमा सरेको हुनसक्ने उनीहरूको तर्क छ।

यद्यपि, सर्प अस्पतालभित्र छिर्नु अस्पतालको स्वच्छता मापदण्डको उल्लंघन भएको सरोवारवालाहरूले बताएका छन्। ‘सर्पले धेरै ब्याक्टेरिया र कीटाणु बोक्छ, त्यसले टोक्न पनि सक्छ’ उनीहरूले भने।

अस्पतालले भने सम्बन्धित ठाउँलाई राम्ररी सफा गरेर कीटाणुरहित बनाइएको जनाएको छ।

अस्पतालको हाउसकिपिङ विभागले सर्प देखिएपछि समाते त्यसलाई सुरक्षित रुपमा व्यवस्थापन गरेको थियो।

सर्प अपरेशन थिएटरसम्म पसेको समयमा अपरेशन चलिरहेको थिएन। त्यसले अस्पतालको सेवा भने प्रभावित भएन।

अस्पतालका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको र आइन्दा त्यस्ता घटना नदोहोरिउन् भनी गृहकार्य थालेको बताएका छन्।

हङकङ सोसाइटी अफ हर्पोटोलोजी फाउण्डेसन, एडप्सन विभागका प्रमुख भिक्टर वङ लङ–यिनले अपरेशन थिएटरमा भेटिएको उक्त सर्प कमन वल्फ स्नेक भएको बताए।

उनका अनुसार यो हाइकिङ ट्रेल र जंगलमा भेटिने प्रजातिको सर्प हो। यो कम विषाक्त, सामान्यतः कम आक्रामक र रातमा बढी सक्रिय हुने खालको हुन्छ।

साथै उनले प्रतिकूल मौसमका कारण सर्प सुरक्षित स्थानमा सरेको हुनसक्ने बताए।

‘सर्प आँधीको मौसमका कारण अलमल भएको हुन सक्छ र सुरक्षित वातावरण खोजेको हुन सक्छ,’ उनले भने, ‘वर्षाको मौसममा सामान्यतया चिसो हुन्छ र सर्पहरू न्यानो वातावरण रुचाउँछन्।’

‘अपरेशन थिएटरको तापक्रम सामान्यतया स्थिर अवस्थामा राखिन्छ। त्यहाँको तापक्रम र आर्द्रता सर्पका लागि बढी उपयुक्त हुन्छ’ उनले थपे।

क्वीन मेरी अस्पताल पहाडको नजिकै अवस्थित छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .