प्रेमिकासँगको बिछोडपछि हङकङका जुम्ल्याहा दाजुभाइले गरे यस्तो कठिन निर्णय

प्रेमिकासँगको बिछोडपछि हङकङका जुम्ल्याहा दाजुभाइले गरे यस्तो कठिन निर्णय

तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
भदौ ३१, २०८० आइतबार १२:१३, हङकङ

हङकङकी एक महिलाले शनिबार दिउँसो ४ बजे आफ्नो पूर्वप्रेमी चार दिनदेखि हराएको भनेर प्रहरीमा रिपोर्ट गरिन्।

रिपोर्टका साथ उनले पूर्वप्रेमी बस्ने युनलङस्थित द पार्कभिल अपार्टमेन्टको कोठामा भित्रबाट चुकुल लगाइएको र त्यहाँबाट गन्ध आइरहेको पनि जानकारी गराएकी थिइन्।

उनले यस्तो जानकारी गराएपछि अपार्टमेन्ट पुगेका अग्नि नियन्त्रकहरूले ढोका फोरेर भित्र पस्दा दुई पुरुष मृत अवस्थामा भेटिए। त्यहाँ कोइला पनि जलाइएको थियो।

प्रहरीका अनुसार मृतक दुई पुरुष ४० वर्षीय जुम्ल्याहा दाजुभाइ हुन्। उनीहरू इलेक्ट्रिसियनको काम गर्थे।

वोङ उपनाम गरिएका यी दाजुभाइको आ–आफ्नो प्रेमिकासँग हालसालै ब्रेकअप भएको थियो।

जुम्ल्याहामध्येका जेठो प्रेमिकासँगको ब्रेकअपपछि तीन हप्ताअघि मात्रै उक्त अपार्टमेन्टमा सरेका थिए।

यसका अलावा उनीहरू ऋणको समस्यामा रहेको पनि बुझिएको छ।

घटनाको युङलङ प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .