हङकङ : निर्माणाधीन भवनको २८औँ तलाबाट खसे मजदुर

हङकङ : निर्माणाधीन भवनको २८औँ तलाबाट खसे मजदुर

घाइते मजदुरलाई अस्पताल लगिँदै। तस्बिरहरू : द स्ट्याण्डर्ड


नेपालखबर
असोज १, २०८० सोमबार १६:१, हङकङ

हङकङको सेन्ट्रल हाइराइजको निर्माणाधीन भवनको प्लेटफर्म भत्किँदा दुई मजदुर घाइते भएका छन्।

सोमबार दिउँसो सेन्ट्रलको नयाँ निर्माणाधीन भवनको २८औँ तलामा काम गर्ने क्रममा प्लेटफर्म भाचिँदा उनीहरू घाइते भएका हुन्।

दुर्घटनाका वेला भवनको उक्त प्लेटफर्ममा एक जना मजदुर रहेको बताइएको छ।

उनी भवनको २८औँ तलाबाट खसेका हुन्। दुर्घटनामा उनको शरीरको तल्लो भागको हड्डी भाँचिएको छ। उनलाई उपचारार्थ क्वीन मेरी अस्पताल पठाइएको छ।

त्यस्तै, प्लेटफर्म भाँचिएर भुइँमा खस्दा अर्का मजदुरलाई पनि चोट लागेको छ। उनको टाउकोमा चोट लागेको छ।

भवन निर्माणको हिपहिङ कन्स्ट्रक्सनले ठेक्का पाएको हो। घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .