हङकङका नेपाली कर्मचारीको विवरण अब बेइजिङ पठाउनुपर्ने!

हङकङका नेपाली कर्मचारीको विवरण अब बेइजिङ पठाउनुपर्ने!

हङकङ सरकारले सबै महावाणिज्यदूतावासलाई फारम उपलब्ध गराएको छ। तस्बिर : एचकेएफपी


नेपालखबर
असोज २, २०८० मंगलबार १४:११, हङकङ

हङकङमा रहेका नेपालीलगायत सबै वाणिज्यदूतावासले अब कर्मचारीहरूको सम्पूर्ण विवरण बेइजिङ पठाउनुपर्ने भएको छ।

हङकङस्थित चीनको विदेश मामिला मन्त्रालयको आयुक्तको कार्यालयले हङकङमा रहेका सबै वाणिज्यदूतावासलाई हङकङमा कार्यरत सबै स्थानीय कर्मचारीको पद, आवासीय ठेगाना र पहिचान विवरण पठाउन भनेको हो।

सोमबार आयुक्तको कार्यालयले पठाएको पत्रमा १८ अक्टोबरसम्म उक्त विवरण पठाउन भनिएको छ।

साथै पत्रमा, कुनै पनि नयाँ कर्मचारी नियुक्त भएको १५ दिनभित्र विवरण पठाउन भनिएको छ।

आयुक्तको कार्यालयले पठाएको पत्रमा युरोपियन युनियनलगायत सबै महावाणिज्यदूतावासहरूलाई बोधार्थ राखिएको छ। तर, यसरी विवरण माग्नुको कारणबारे भने पत्रमा उल्लेख छैन।

हङकङस्थित चीनको विदेश मामिला मन्त्रालयको आयुक्तको कार्यालय। तस्बिर : एससीएमपी

पत्रमा उल्लेख भएअनुसार फारम भर्दा स्थानीय रूपमा कार्यरत कर्मचारीहरूको नाम, जागिरको शीर्षक, रोजगारी सुरु भएको मिति, आवासीय ठेगाना, स्थायी बसोबास मिति, परिचयपत्र नम्बर वा राहदानी, राष्ट्रियता, भिसा विवरण लगायत उल्लेख गरिएको हुनुपर्छ । यसका साथ परिचयपत्रको प्रतिलिपि पनि पेस गर्न भनिएको छ।

‘कन्सुलर सम्बन्धित भियना कन्भेन्सन, महावाणिज्यदूतावासहरू र युरोपेली युनियनको कार्यालयलाई रोजगारी सम्झौतामा प्रवेश गरेका स्थानीय रूपमा कार्यरतहरूको जानकारी प्रदान गर्न अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख छ।

आयुक्तको कार्यालयको अनुरोधमा हङकङ सरकारले सबै महावाणिज्यदूतावासलाई फारम उपलब्ध गराइसकेको छ।

बेइजिङको यो निर्णयसँगै कर्मचारीहरूको गोपनीयताको सवालमा के हुने भन्नेबारे सरोकारवालाहरूबीचमा बहस छेडेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .