सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हङकङका प्रहरी अधिकारी पक्राउ

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हङकङका प्रहरी अधिकारी पक्राउ

तस्बिर : एससीएमपी


नेपालखबर
असोज ८, २०८० सोमबार ११:४, हङकङ

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हङकङका एक प्रहरी अधिकारी पक्राउ परेका छन्।

लेउङ उपनाम गरेका ३४ वर्षीय प्रहरी अधिकारीलाई क्वाइ चुङस्थित फ्ल्याटमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

प्रहरीका अनुसार गत बुधबार दिउँसो पौने चार बजे क्वाइ चुङस्थित ताइवो हाउ रोडमा रहेको उक्त फ्ल्याटमा बालिकामाथि दुर्व्यवहार भएको हो।

प्रहरी स्रोतका अुनसार दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई हाल सेवाबाट निलम्बन गरिएको छ। यसै सन्दर्भमा प्रहरी प्रवक्ताले आफ्ना अधिकारीहरूले गरेको कुनै पनि गैरकानुनी कार्यलाई सहने वा माफी नदिने बताएका छन्। उनले यो घटनालाई पनि गम्भीर रूपमा लिने बताएका छन्। फोर्सले आफ्ना अधिकारीहरूको आचरणलाई ठूलो महत्व दिने पनि उनले बताएका छन्।

लेउङ उपनाम गरेका ती प्रहरी अधिकारी काउलुन पश्चिम क्षेत्रीय प्रहरी मुख्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .