हङकङका एक फार्मेसी मालिकले समान नम्बरका दुई नोट सामाजिक सञ्जालमा राखेपछि सञ्जाल तातेको छ।
पाँच सय हङकङ डलरका ती नोट ली उपनामका फार्मेसी मालिकले सार्वजनिक गरेका थिए।
उनका अनुसार ६० वर्ष हाराहारीका दुई चिनियाँ महिला गत मंगलबार काउलुनस्थित लोकवाह स्टेटमा रहेको उनको पसलमा केही सामान किन्न आएका थिए।
सामान किनेर उनीहरूले एक हजारको एउटा र पाँच सय डलरका दुई वटा नोट दिए।
तिनै दुई वटा पाँच सयका नोटमध्ये एउटा नोटको नम्बर अरू कुनै पाँच सयको नोटसँग मिल्न गएको हो।
एकै नम्बरका दुई नोट फेला परेपछि प्रहरीले मानिसहरूलाई सचेत रहन आग्रह गरेको छ।
573
Shares
प्रतिक्रिया