हङकङको निर्माणस्थलमा एच–बीम खस्दा कामदार घाइते

बीमको ठक्करबाट २० मिटर गहिरो सुरुङमा फसे कामदार
हङकङको निर्माणस्थलमा एच–बीम खस्दा कामदार घाइते

घाइतेलाई दुर्घटनास्थलबाट बाहिर निकाल्न उद्धारकर्मीलाई एक घण्टा लागेको थियो (तस्बिरहरू : द स्ट्याण्डर्ड)


नेपालखबर
असोज १९, २०८० शुक्रबार ११:५४, हङकङ

हङकङको याउमा तेइस्थित निर्माणस्थलमा एच–बीम खसेर ठक्कर दिँदा एक कामदार घाइते भएका छन्। उनी बीमको ठक्करबाट २० मिटर गहिरो सुरुङमा फसेका थिए।

द स्ट्याण्डर्डका अनुसार शुक्रबार बिहान केन्द्रीय काउलुन रुटअन्तर्गत पर्ने कान्सु सडकको भूमिगत साइटमा काम गर्ने क्रममा उक्त दुर्घटना भएको हो।

घाइते कामदार र उनका सहकर्मीहरू निर्माण साइटमा निर्माणस्थलको फोहोर सफा तथा स्टिल बार कटिङको काम गरिरहेका थिए।

३९ वर्षीय घाइतेको हात, कम्मर, ढाड र कम्मर अगाडिको भागमा चोट लागेको छ।

घाइतेको उद्धार गर्दै उद्धार टोली

उनलाई अग्नि सेवा विभागको विपद् व्यवस्थापन तथा उद्धार टोलीले घटनास्थलबाट बाहिर निकालेको थियो।

घाइते कामदारलाई दुर्घटनास्थलबाट बाहिर निकाल्न उद्धार टोलीलाई करिब एक घण्टा लागेको थियो।

उद्धारपछि उनलाई क्विन एलिजाबेथ अस्पताल लगिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .