हङकङमा ट्याक्सीको ठक्करबाट वृद्धाको मृत्यु

बाटो काट्ने क्रममा भएको थियो दुर्घटना
हङकङमा ट्याक्सीको ठक्करबाट वृद्धाको मृत्यु

बाटो काट्ने क्रममा ट्याक्सीले वृद्धालाई ठक्कर दिएको थियो (तस्बिर : द स्ट्याण्डर्ड)


नेपालखबर
असोज २१, २०८० आइतबार १४:२६, हङकङ

आइतबार बिहान हङकङको युनलङमा ट्याक्सीले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ।

बिहान करिब ५ बजे उनलाई ट्याक्सीले ठक्कर दिएको हो। ठक्करपछि बेहोस अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई करिब ६ बजे अस्पतालले मृत घोषित गरेको थियो।

लङयिप स्ट्रिटबाट सेउङ सुतर्फ गइरहेको ट्याक्सीले बाटो काटिरहेकी ८४ वर्षीया वृद्धालाई ठक्कर दिएको हो।

ट्याक्सी येउङ उपनामका ६० वर्षीय पुरुषले हाँकेका थिए। दुर्घटनाबाट पीडितको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उद्धार गरी पोकओइ अस्पताल लगिएको थियो।

ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रण लिई हिरासतमा राखेको छ। उनलाई खतरनाक तरिकाले सवारी चलाएको आरोपमा पक्राउ गरिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .