हङकङको एक घरबाट ठूलो परिमाणमा नगद र गरगहना चोरी

एक लाख बढी नगद, डेढ लाखको गरगहना र अन्य सामान गरी साढे दुई लाख डलर नोक्सानी
हङकङको एक घरबाट ठूलो परिमाणमा नगद र गरगहना चोरी

तस्बिर : एससीएमपी


नेपालखबर
असोज २९, २०८० सोमबार १२:१५, हङकङ

हङकङको फोतानस्थित एक घरबाट एक लाख १० हजार नगदसहित दुई लाख ६० हजार हङकङ डलर बराबरको सामान चोरी भएको छ।

आइतबार राति करिब पौने ९ बजे चोरीको घटना थाहा भएको हो। धरधनी ६० वर्षीया महिलाले चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

साँझ साढे ५ बजेतिर महिला र उनकी छोरी डिनरका लागि बाहिर निस्किएका थिए। करिब तीन घण्टापछि घर फर्कंदा चोरी भइसकेको थियो।

राति अबेर घर आइपुगेका उनीहरूले मास्टर बेडरुममा रहेको दराजको स्थिति असामान्य देखी जाँच गर्दा नगद र गहना चोरी भएको थियो।

खबर पाएपछि घटनास्थल पुगेका कानुन प्रवर्तन अधिकारीले घटनाको वस्तुस्थिति बुझेका थिए।

घरमालिकको रोहबरमा गरिएको अनुसन्धानबाट दुई लाख ६० हजार हङकङ डलर बराबरको चोरीको भएको पाइएको हो। जसमा नगदसहित गरगहना र अन्य सामान छन्।

जसमा एक लाख १० हजार डलर नगद, डेढ लाख हङकङ डलर मूल्य बराबरको गरगहना र अन्य सामान तीन हजार हङकङ डलरको चोरी भएको पत्ता लागेको हो।

प्रारम्भिक अनुसन्धानबाट चोरीमा कालो कपडा लगाएका दुई जना पुरुष संलग्न भएको देखिएको छ। सीसीटीभी फुटेजमा कैद भएको भिडिओमा एक जना घर बाहिर पहरा दिइरहेको र अर्को व्यक्ति बार चढ्दै गरेको देखिएको छ। उक्त व्यक्ति शौचालयको भेन्टिलेसनबाट घरभित्र छिरेको थियो।

प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .