हङकङमा बिहीबार राति एबरडनि टनेलबाट निस्केको रुट नम्बर ७० को सिटीबसलाई पछाडिबाट आएको मिनिबसले ठक्कर दिँदा कम्तीमा १५ जना घाइते भएका छन्।
बिहीबार राति करिब साढे १० बजे भएको घटनामा मिनिबसले समयमै ब्रेक नलगाउँदा उक्त घटना घट्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घाइते १५ जनामध्ये सिटीबसका चालक र एक यात्रु हुन् भने बाँकी १३ जना मिनिबसका रहेका छन्।
उनीहरू सबै जनालाई सामान्य चोट लागेको छ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
102
Shares
प्रतिक्रिया