हङकङको स्वतन्त्रता आह्वान गर्दै लेख्ने विद्यार्थीलाई जेल सजाय

हङकङको स्वतन्त्रता आह्वान गर्दै लेख्ने विद्यार्थीलाई जेल सजाय

२३ वर्षीया छात्रालाई देशद्राेहको अभियोगमा दुई महिना जेल सजाय सुनाइएको छ (एससीएमपी)


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १७:२९, हङकङ

हङकङको स्वतन्त्रता आह्वान गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने एक विद्यार्थीलाई दुई महिनाको जेल सजाय तोकिएको छ।

जापानी विश्वविद्यालयमा अध्ययनरत हङकङकी छात्रा मिका युआन छिनचिङलाई देशद्रोहको आरोपमा जेल सजाय तोकिएको हो।

उनले हङकङको स्वतन्त्रता आह्वान गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लागेको छ।

२३ वर्षीया छिनचिङको अभिव्यक्तिले ‘केन्द्रीय सरकारको कानुनी शासनलाई अस्वीकार गर्न र जनतामा असुन्तुष्टि पैदा गर्न उक्साउने’ मनसाय राखेको भनि दोशद्रोहको मुद्दा लागेको हो।

यही मुद्दाको सुनुवाइ गर्दै वेस्ट काउलुन अदालतले उनलाई कैद सजाय सुनाएको हो।

छिनचिङले देशको क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने सन्देशहरू बारम्बार प्रसार गरेको र हङकङको स्वतन्त्रता र अलगावको प्रस्ताव गरेको आरोपमा भनिएको छ।

उनको यस्तो अभिव्यक्तिले निर्दोष मानिसलाई गलत शिक्षा दिनसक्ने पनि आरोपमा भनिएको छ।

अभियुक्तलाई हङकङमा सन् २०१९ मा भएको सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्ने खालका विचार राखेको आरोप समेत छ।

उनका पोस्ट जापानी भाषामा लेखिएको भए पनि उनको राजनीतिक विचार हङकङका जोकोहीले बुझ्न सक्ने व्याख्या अदालतले गरेको छ।

उनले आफ्ना विचार फिर्ता लिन सक्ने धेरै अवसर भए पनि त्यसो नगरेको समेत आरोपमा भनिएको छ।

उनको यस्तो व्यवहारले पुनः अपराधको जोखिम रहेको समेत अदालतले भनेको छ।

जापानमा राजनीतिशास्त्र र अर्थशास्त्र अध्ययनरत छिनचिङलाई बेइजिङले जारी गरेको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत पृथकतालाई उक्साएको आरोपमा गत वर्ष मार्चमा पक्राउ गरिएको थियो।
उनी जाडो बिदामा हङकङ आएका बेला पक्राउ गरिएको हो।

वरिष्ठ सरकारी वकिल भिन्सेन्ट लि चिङवाइद्वारा अदालतमा पेश गरिएको अभियोजन पत्रमा छिनचिङले ‘हङकङ चीन होइन’, ‘हङकङलाई स्वतन्त्र गर’ जस्ता ब्यानरका तस्बिर पोस्ट गरिएको बताइएको छ।

उनले आफ्ना फेसबुकमा पोस्ट गरिएका तस्बिरमा ‘हङकङको स्वतन्त्रता एक मात्र बाटो’ हो भनेर जोड दिने क्याप्सन राखेको समेत अभियोजन पत्रमा उल्लेख छ।

अभियोजन पत्रमा उनका अन्य पोस्ट चिनियाँ कम्युनिष्ट पार्टीलाई ‘आतंकवादी संगठन’ भनिएको र अधिकारीहरूको पतन देख्न अरूलाई अपिल गर्ने यूएनको बयान समावेश रहेको उल्लेख गरिएको छ।

हङकङको कानुनअनुसार देशद्रोहको लागि पहिलो पटक दोषी ठहरिएमा दुई वर्षसम्मको जेल सजाय हुन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .