यी बंगलादेशी जसले हङकङ छिर्न ५५ हजार डलर खर्चिए, लगत्तै पक्राउ परे

हप्तामै पक्राउ परे सय बढी बंगलादेशी, भारतीय र पाकिस्तानी, अवैध प्रवेश रोक्न हङकङले माग्यो चीनसँग मदत
यी बंगलादेशी जसले हङकङ छिर्न ५५ हजार डलर खर्चिए, लगत्तै पक्राउ परे

तस्बिर : एससीएमपी


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १६:१२, हङकङ

हङकङमा अवैध प्रवेश रोक्नका लागि मदत गर्न हङकङले चीनसँग आग्रह गरेको छ। यसका लागि जमिन र समुन्द्री गस्ती बढाउन आग्रह गरिएको हो।

कोभिड महामारीपछि दक्षिण एसियाली देशबाट चीनको यात्रालाई सहज बनाइएसँगै हङकङमा अवैध प्रवेश गर्न खोज्नेको संख्यामा वृद्धि भएको हुनसक्ने अनुमान छ।

२२–३१ अक्टोबरको बीचमा हङकङमा अवैध रूपमा प्रवेश गरेको आशंकामा सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दश दिनको उक्त अवधिमा पक्राउ गरिएका सात वटा घटनामा बंगलादेश, भारत र पाकिस्तानका सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको हो।

यो सँगै सुरक्षा चुनौती बढेको आँकलन गर्दै हङकङले मुख्यभूमि चीनसँग जमिन तथा समुन्द्री गस्तीमा मदत मागेको छ।

गोप्य सूचनाका आधारमा पत्ता लगाइएअनुसार यसरी अवैध तरिकाबाट हवाई–जमिन–समुन्द्री यात्राको लागि प्रत्येक व्यक्तिसँग सामान्यतया पाँच अंकको रकम लिने गरिएको थियो।

पछिल्लो अपरेसनमा पक्राउ परेका बंगलादेशीको समूहले उनीहरूले आफ्नो देशबाट हङकङसम्मको यात्राका लागि प्रतिव्यक्ति ५५ हजार हङकङ डलर तिरेको बताएका थिए।

उनीहरूलाई हङकङ प्रवेश गराइनुमा रोजगारीको प्रलोभन देखाइएको थियो।

१३ जना पुरुषको यो बंगलादेशी समूहलाई मंगलबार पक्राउ गरिएको थियो। उनीहरूलाई सेककु चाउ टापुबाट पक्राउ गरिएको हो।

त्यस्तै, २२–२८ अक्टोबरका बीच बंगलादेश, भारत र पाकिस्तानका अन्य ९० जना व्यक्तिलाई पक्राउ गरिएको थियो।

यसैगरी वर्षको पहिलो नौ महिनामा ८४८ अवैध आप्रवासीलाई सीमामा रोकिएको थियो।

जसमा भियतनामी २६६, मुख्यभूमि चीनबाट २४४, बंगलादेशबा १८३ र पाकिस्तानबाट ११२ जना थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .