आइतबार दिउँसो हङकङको नाउताउ कोकमा दुई वटा बस एकापसमा ठोकिएका छन्।
दिउँसो साढे १ बजेको आसपासमा केएमबी बसका दुई डबल डेकोर बस एकापसमा ठोकिँदा चालक सहित १० जना घाइते भएको प्रहरीले जनाएको छ।
केएमबीको रुट नं. १ए को बसले क्वुनतोङबाट लामतिनतर्फ जाँदै गरेको केएमबीकै रुट नं. ११ सीको बसलाई युम्यान सेन्टर बाहिर पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा दुवै बसका चालक र अन्य आठ यात्रु घाइते भएका हुन्। घाइते यात्रुमा दुई पुरुष र ६ महिला छन्।
घाइते एक यात्रु
सामान्य घाइते भएका उनीहरूलाई युनाइटेड क्रिश्चियन अस्पताल पठाइएको थियो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
स्थानीय अखबारले जनाएअनुसार दुर्घटना भएको क्वुनतोङ रोडस्थित रेस्ट गार्डेन नजिकैको लेनमा ट्राफिक आवागमन बन्द गरिएको थियो।
75
Shares
प्रतिक्रिया