आइतबार बिहान हङकङको ताइपोमा मिनीबस र सीएलपी ट्रक एकापसमा ठोकिँदा ६ जना घाइते भएका छन्।
बिहान करिब १० बजे ताइपोस्थित फङ युन रोडमा गुडिरहेको रुट नं. २०पी को मिनिबस सीएलपी ट्रकसँग ठोकिएको थियो।
दुर्घटनाबाट मिनीबसको विन्डशिल्ड चकनाचुर हुनुका साथै बसको बायाँ भागमा क्षति पुगेको छ।
घटनामा परी मिनिबसका कम्तीमा ६ जना यात्रु सामान्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दुर्घटनामा दुवै सवारीसाधनका चालक सकुशल रहेका छन्।
घटनाको खबर पाएलगत्तै दुर्घटनास्थलमा आएका प्यारामेडिकहरूले घाइते यात्रुको सामान्य उपचार गरी नेदरसोल अस्पताल लगेका थिए।
घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
42
Shares
प्रतिक्रिया